धर्म उत्कृष्टताको मार्ग ( Dharma Utkrustataako Maarg )
Description
धर्म पुस्तकले प्रत्येक युगका विचारकहरूको अति आवश्यक प्रश्नको उत्तर दिएको छ— “म को हूँ ॽ” मेरो अति महत्त्वपूर्ण आवश्यकता के हो ॽ” श्रील प्रभुपादले लेख्नुभएको छ, “यो शरीर र मन आत्माका बाहिरी आवरण मात्र हुन् । आत्माको आवश्यकता परिपूर्ति गर्नु अति आवश्यक छ । आत्माको आवश्यकता भनेको ऊ पनि भौतिक बन्धनको सीमित परिधिबाट बाहिर आउन चाहन्छ र आफ्नो पूर्ण स्वतन्त्रता चाहन्छ । ऊ यो ब्रह्माण्डको आवरणभन्दा बाहिर जान चाहान्छ । उसले स्वतन्त्र ब्रह्मज्योति र आत्मा दर्शन गर्न चाहान्छ ।” यदि तपाईं पनि त्यो ब्रह्मज्योति र आत्मा के हो भन्ने बारेमा र तिनको दर्शन कसरी गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गर्न चाहनुहुन्छ भने यो धर्म पुस्तक अध्ययन गर्नुहोस् ।