कृष्णभावना तर्फ उन्मुख ( Krishna bhavana Tarf Unmukha )
Description
आध्यात्मिक उचाइ भनेको हामीले हाम्रो मूल ईश्वर चेतनालाई पुन: उजागर गर्ने हो। संसार प्रसिद्ध वैदिक अधिकारी श्रील प्रभुपादले हामीलाई संसारको सत्यतालाई हेर्न र भगवान् श्रीकृष्णतर्फको फराकिलो मार्गतर्फ लाग्न इशारा गर्नु भएको छ। यस भ्रमको दलदलबाट आफूलाई माथि उठाउने नउठाउने त्यो हामीमा निर्भर गर्दछ। यस पुस्तकमा उल्लेख गरिएको साधारण र व्यवहारिक कृष्णचेतनाको प्रक्रियाको अनुसरण गरेर हामीले असीमित सुख र आनन्दमय जीवन प्राप्त गर्न सक्दछौं।