आत्मविज्ञान ( Atma Vigyan )
Description
प्रस्तुत ग्रन्थमा तपाईँले अनन्त ज्ञानको अमूल्य निधि फेला पार्नुहुनेछ, जसलाई हजारौँ वर्षअघिदेखि वैदिक परम्पराका आचार्यहरूले मुक्तकण्ठले बोल्दै आएका थिए। आत्मविज्ञान ग्रन्थको यस प्रस्तुतिले जीव, जगत् र ईश्वरसम्बन्धी विषयगत रहस्यहरूलाई समसामायिक शैलीमा उद्घाटित गरिदिएको छ । यसभित्र बिसौँ शताब्दीका विश्वविख्यात वैदिक परिव्राजकाचार्य श्री श्रीमद् ए.सी भक्तिवेदान्त स्वामी प्रभुपादले युगानुकूल ध्यान तथा योगाभ्यास, मोक्षप्राप्ति, परमार्थप्राप्ति जस्ता अन्य थुप्रै विषयमाथि शास्त्रसम्मत शाश्वत वाणी बोल्नुभएको छ । विज्ञान र प्रविधिको चमत्कारमा तरङ्गित यो रमाइलो संसार मात्र होइन, तपाईँको आफ्नै जीवनसँग जोडिएको आत्मविज्ञानलाई आज पनि बिर्सन नहुने कुरा उहाँले औँल्याउनुभएको छ।