language pack

कृष्ण चेतना अद्वितीय उपहार ( Krishna Chetana Advitiya Upahara )

Author: श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपाद

Description

यस भौतिक जगतको कुनै पनि परिमाणको धन वा सम्पत्तिले आध्यात्मिक स्वतन्त्रता खरिद गर्न सक्दैन। तैपनि यो स्वतन्त्रता दुर्लभ, असाधरण, अत्यन्त बहुमूल्य र विक्रयवस्तु पछिको सबैभन्दा माग भएको वा चाहिएको हुन्छ। साथै यो धनी गरिब दुवैलाई समानरूपले प्राप्य हुन्छ। के तपाईँ आफ्नो जीवनमा यो उपहार प्राप्त गर्न चाहनुहुन्छ ? यो प्राप्त गर्न आवश्यक एकपछि अर्का केही खुड्किलाहरूका बारेमा यहाँ वर्णन गरिएको छ। एकपटकमा एउटा मात्र खुड्किलोमा पैताला राख्नुहोला अनि मात्र तपाईँले यो अद्वितीय उपहाररूपी भौतिक जगतका दु:खकष्टबाट स्थायी मुक्ति वा स्वतन्त्रता प्राप्त गरेको अनुभव गर्नु हुनेछ।