श्रीमद्भागवतम् १२ स्कन्ध ( Srimad Bhagavatam 12 Skandha )
Author: His Divine Grace A. C. Bhaktivedanta Swami Prabhupada
Summary
"श्रीमद्भागवत एउटा दार्शनिक र साहित्यिक काव्य हो जसको भारतीय वाङ्मयमा प्रमुख स्थान छ। संस्कृतमा लेखिएका प्राचीन ग्रन्थ वेदहरूमा अनन्त वा समयातित ज्ञानको उल्लेख छ जसले मानवीय ज्ञानको सम्पूर्ण क्षेत्रलाई स्पर्श गरेको छ। मूलतः वेदलाई मौखिक परम्परामा राखिएको थियो जसलाई भगवान्का साहित्यिक अवतार श्रील व्यासदेवले सर्वप्रथम लेख्नु भएको हो। वेदहरूको संकलन र समायोजन गरेपछि श्रील व्यासदेवलाई उहाँका आध्यात्मिक गुरुले प्रेरित गर्दै वेदहरूको सारलाई श्रीमद्भागवतको रूपमा प्रस्तुत गर्न भन्नुभयो। श्रीमद्भागवतलाई सबै वैदिक साहित्यरूपी रुखको पाकेको फल भनिन्छ। त्यसैले यो अत्यन्त पूर्ण र वैदिक ज्ञानको आधिकारिक भाष्य पनि हो। श्रीमद्भागवत लेखेपछि व्यासजीले त्यो आफ्ना छोरालाई पढाउनुभयो जसले पछि गङ्गा नदीको तिरमा जम्मा हुनुभएका ऋषि मुनिहरूको सभामा यहि भागवत महाराज परीक्षितलाई सुनाउनुभयो। यद्यपि महाराज परीक्षित राजर्षि थिए र सम्पूर्ण विश्वमा सम्राट थिए तैपनि जब उनले आफू सात दिनमा मर्दछु भन्ने थाहा पाए उनी आफ्नाे राज्य शासनबाट निवृत्त भएर आध्यात्मिक प्रबुद्धता प्राप्त गर्न गङ्गा नदीको किनारामा गए। राजा परीक्षितका प्रश्न र शुकदेव गोस्वामीका प्रबुद्धता प्रदान गर्ने उत्तर यी सबै स्वयंको स्वभाव देखि ब्रह्माण्डको उत्पत्तिसम्म प्रत्येक वस्तुका सन्दर्भमा थियो जुन श्रीमद्भागवतको आधार हो। यो कृति भारतीय धर्म र दर्शनका विश्वका अत्यन्त प्रसिद्ध शिक्षक श्री श्रीमद् अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपादको विद्धत्तता र भक्तिमय प्रयासको परिणाम हो। उहाँको संस्कृत ज्ञान र वैदिक संस्कृति प्रतिको घनिष्ठताले नै यो महत्त्वपूर्ण कृतिको उत्कृष्ट तात्पर्य प्रकट भयो। मूल संस्कृत पाठ, शब्दार्थ, सरल अनुवाद र विस्तृत तात्पर्य भएकाले यो कृति विद्वानहरू, विद्यार्थीहरू र सर्व साधारणलाई राम्रो लाग्नेछ। भक्तिवेदान्त बुक ट्रष्टबाट धेरै खण्डमा प्रकाशित यो कृति ले लामो समयसम्म आधुनिक मानिसको बौिद्धक, सांस्कृतिक र आध्यात्मिक जीवनमा महत्त्वपूर्ण स्थान ओगट्ने छ।"
Product Details
- No Of Pages: 12956
- Author: His Divine Grace A. C. Bhaktivedanta Swami Prabhupada
- Language: Nepali
- ISBN Code: 978-81-958860-8-1
- Product Size: 46 x 34 x 21 (cms)
- Weight: 18.3 (Kgs)
Copyright © 1972, 2022, 2026 BHAKTIVEDANTA BOOK TRUST (E 5032). All rights reserved.
All content, books, digital media, website design, and software are owned by Bhaktivedanta Book Trust.